Kathmandu Press

घट्दै गयो काठमाडौंको वायु प्रदुषण

काठमाडौं, पुस २२ : काठमाडौंको वायु प्रदुषणले सोमबार  र मंगलबार खतराको तह पार गरेपनि बुधबार आधाभन्दा बढी प्रदुषण कम भएको छ। वातावरण विभागको तथ्यांकअनुसार...
घट्दै गयो काठमाडौंको वायु प्रदुषण

काठमाडौं, पुस २२ : काठमाडौंको वायु प्रदुषणले सोमबार  र मंगलबार खतराको तह पार गरेपनि बुधबार आधाभन्दा बढी प्रदुषण कम भएको छ। 

वातावरण विभागको तथ्यांकअनुसार काठमाडौंमा आजको एयर क्वालिटी इन्डेक्स (एक्वुआई) १३१. ८ मा झरेको छ। ललितपुरको भैंसेपाटी र काठमाडौंको रत्नपार्क क्षेत्रमा भने प्रदुषण बढी देखिएको छ। 

बुधबार बिहानैदेखि घाम लागेकाले हावा बहन पाएकाले प्रदुषण घटेको विभागले जनाएको छ। 

प्रदुषण घटेसँगै काठमाडौं उपत्यकाको तापक्रम पनि ओह्रालो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको छ। मंगलबार  काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री थियो।

हावा चल्न थालेसँगै काठमाडौंमा भोलिदेखि चिसो बढ्ने मौसमविद्हरूले बताएका छन्। 

प्रकाशित मिति: ११:३० बजे, बुधबार, पुस २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्