Kathmandu Press

संघीयताबारे प्रश्न उठाउने बेला भएको छैन : मुख्यमन्त्री गुरुङ

पोखरा, पुस २१ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशिता र असमानतालाई हटाउन संघीय शासन प्रणाली स्थापना भएको बताउँदै अहिले नै संघीयताले काम...
संघीयताबारे प्रश्न उठाउने बेला भएको छैन : मुख्यमन्त्री गुरुङ

पोखरा, पुस २१ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशिता र असमानतालाई हटाउन संघीय शासन प्रणाली स्थापना भएको बताउँदै अहिले नै संघीयताले काम गरेन भन्नुको कुनै अर्थ नरहेको बताएका छन्। 

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको मंगलबार पहिलो बैठकलाई सम्बोधन गर्दै उनले संघीयताबारेमा अहिल्यै प्रश्न उठाउने बेला नभएको बताएका हुन्।

“हामीलाई धेरै कुरा अहिले नै चाहिएको छ, सङ्घीयताले सबै कुरा अहिले नै नदिन सक्छ”, मुख्यमन्त्री गुरुङले भने, “संघीयता नआएको भए कोरोना उपचारमा धेरै हन्डर बेर्होनुपर्ने थियो, त्यसैले कार्यान्वयन  प्रभावकारी बनाउनु अहिलेको दायित्व हो।”

मुख्यमन्त्री गुरुङले आफ्नै दलभित्रको झगडाका कारण सरकारले प्रभावकारी काम गर्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नु बताए। उनले प्रधानमन्त्रीले संविधानअनुसार गरेको निर्णय असंवैधानिक नहुने दाबी गरे।

प्रधानमन्त्रीको कदम हालको शासन व्यवस्था बचाउनका लागि भएको जिकिर गर्दै उनले भने,“संसद् विघटन नहोस् भन्ने चाहना सबैको हुन सक्छ तर बाध्यताले अहिले विघटनकै अवस्थामा पुर्‍यायो। ६४ प्रतिशत बहुमत प्राप्त भएको दलको प्रधानमन्त्रीले गरेको निर्णय असंवैधानिक र अलोकतान्त्रिक हुँदैन।”

मुख्यमन्त्री गुरुङले विघटित प्रतिनिधिसभा पुनस्र्थापनको झिनो सम्भावना रहे पनि मुलुक चुनावमा गइसकेको र सबैले चुनावको तयारीसमेत गरेकाले सरकार पनि जतिसक्दो चाँडो चुनावमा जान चाहेको बताए।

 

प्रकाशित मिति: १९:५४ बजे, मंगलबार, पुस २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्