Kathmandu Press

नेकपा र ओली नेतृत्वको सरकार दुवै असफल भए : अध्यक्ष ठाकुर

काठमाडौं, पुस २१ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) असफल भएको बताएका छन्।मंगलबार जसपाले गरेको ‘सरकारको असंवैधानिक कदम...
नेकपा र ओली नेतृत्वको सरकार दुवै असफल भए : अध्यक्ष ठाकुर

काठमाडौं, पुस २१ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) असफल भएको बताएका छन्।

मंगलबार जसपाले गरेको ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ठूलो बहुमत हुँदाहुँदै पनि राजनीतिक स्थिरता दिन नसकेकाले नेकपा र नेकपाको सरकार नै असफल भएको बताएका हुन्।  

सत्ताधारीहरुले आफ्नो अधिकार सुरक्षित राख्नको निम्ति मात्रै कदम उठाउने गरेको भन्दै अध्यक्ष ठाकुरले सरकारले अहिले चालेको असंवैधानिक कदम पनि आफूलाई सुरक्षित राख्न गरिएको उनको भनाइ छ।
 

प्रकाशित मिति: १८:५३ बजे, मंगलबार, पुस २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्