घरबाहिर ननिस्किन वातावरण विभागको विशेष अनुरोध
विभागले प्रेस विज्ञप्तिमार्फत २० पुसदेखि काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेकाले बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासम्बन्धी समस्याका रोगीलाई घरबाहिर ननिस्किन अनुरोध गरेको हो ।
काठमाडौं– वातावरण विभागले घरबाहिर ननिस्किन र निस्किनुपरे विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले प्रेस विज्ञप्तिमार्फत २० पुसदेखि काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेकाले बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासम्बन्धी समस्याका रोगीलाई घरबाहिर ननिस्किन अनुरोध गरेको हो ।
वातावरण विभागको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘पुस २० गतेदेखि मौसममा आएको बदलावसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तरण अत्यधिक बढेको छ ।’
विभागले वायु प्रदूषणका कारण बालबालिका, वृद्धवृद्धा एवं दमखोकी जस्ता श्वासप्रश्वाससम्बन्धीका बिरामी र मुटुका बिरामीलाई घरबाहिर ननिस्किन अनुरोध गरेको छ । त्यस्तै विभागले फोहोर नबाल्नसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति: १७:४४ बजे, मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











