Kathmandu Press

भिजिट भिसामा दुबई लगेर मानव बेचबिखन गर्न खोज्ने एक जना पक्राउ

 भिजिट भिसामा दुबई लगेर मानव बेचबिखन गर्न खोज्ने फरार एक व्यक्तिलाई पक्राउ गरिएको छ । काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने महोत्तरी खयरमाराका ३५ वर्षीय जितबहादुर भुजेललाई आइतबार प्रहरीले पक्राउ गरेको हाे । 
भिजिट भिसामा दुबई लगेर मानव बेचबिखन गर्न खोज्ने एक जना पक्राउ

काठमाडौं–  भिजिट भिसामा दुबई लगेर मानव बेचबिखन गर्न खोज्ने फरार एक व्यक्तिलाई पक्राउ गरिएको छ । काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने महोत्तरी खयरमाराका ३५ वर्षीय जितबहादुर भुजेललाई आइतबार प्रहरीले पक्राउ गरेको हाे । 

भुजेलले ३५ वर्षीय पुरुषलाई घरायसी कामका लागि दुबई लैजाने भन्दै ललाइफकाई राहदानी बनाउन लगाएका थिए । उनले ती व्यक्तिलाई २०७३ वैशाख २७ गते एक  अपरिचित व्यक्तिको साथमा काठमाडौंस्थित विमानस्थलभित्र पठाएका थिए ।  तर राहदानी जाँच गर्ने क्रममा उनलाई घरायसी काममा नभई झुक्यानमा पारी भिजिट भिसामा लगेर दुबईमा बेचबिखन गर्न लागेको खुल्न आएको थियो ।

भुजेलउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: १७:४६ बजे, मंगलबार, पुस २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्