यस वर्ष देवघाटमा नहुने भयो माघेसंक्रान्ति मेला
कोरोना संक्रमणको जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघेसंक्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।.jpg)
चितवन– पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसंक्रान्ति मेला नहुने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघेसंक्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा भएको बैठकले मेला नगर्ने निर्णय गरेको हो । माघेसंक्रान्तिमा ३६ घण्टाको अवधिमा पाँच लाख तीर्थालु भक्तजन मेला भर्न आउने गरेको विगतको तथ्यांक छ ।
कार्यकारी निर्देशक घिमिरेले घरमै स्नान गरेर यस वर्ष माघेसंक्रान्ति मनाउन अनुरोध गरिएको बताए । उनले भने, ‘बेनीमा स्नान मात्र गर्न आउनेलाई भने हामी रोक्दैनौं ।’ स्वास्थ्य सतर्तक अपनाएर स्नान गर्न अनुरोध गरिएको उनको भनाइ छ ।
प्रकाशित मिति: १६:३९ बजे, मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











