काठमाडौं उपत्यकामा थपिए २३२ जना कोरोना संक्रमित
काठमाडौं, पुस २१ : काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप २३२ जनामा कोरोना...
काठमाडौं, पुस २१ : काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा १७१, भक्तपुरमा ८ र ललितपुरमा ५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यस्तै, मंगलबार नेपालमा थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ भने अहिलेसम्म २ लाख ५५ हजार ६६६ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८९३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ५७८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।











