Kathmandu Press

पाशुपत क्षेत्रका १८ सत्तल र २९ मन्दिरको पुनर्निर्माण  सम्पन्न  

काठमाडौं– १२ वैशाख २०७२ भूकम्पले क्षतिग्रस्त पाशुपत क्षेत्रका १८ सत्तल र २९ मन्दिर गरी ४७ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । पाशुपत क्षेत्रका...
पाशुपत क्षेत्रका १८ सत्तल र २९ मन्दिरको पुनर्निर्माण  सम्पन्न  

काठमाडौं– १२ वैशाख २०७२ भूकम्पले क्षतिग्रस्त पाशुपत क्षेत्रका १८ सत्तल र २९ मन्दिर गरी ४७ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । पाशुपत क्षेत्रका ११ सम्पदाको पुनर्निर्माण चालु रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

विश्वरुपा मन्दिर, गौरीघाटलगायत सात सम्पदा निर्माण प्रक्रियामा छन् । २५ सम्पदाको काम सुरु गर्न बाँकी रहेको कोषका निर्देशक भरत मरासिनीले बताए । भूकम्पले पाशुपत क्षेत्रका ९० सम्पदामा क्षति पुगेको थियो ।   गत हप्ता पाशुपत क्षेत्रको चन्द्रविनायक मन्दिर पुनर्निर्माण सम्पन्न भएको थियो । मन्दिर पुनर्निर्माणपछि आज (मंगलबार) पनि चन्द्रविनायकमा भक्तजनको भीड लागेको छ । चन्द्रविनायकको दर्शन गरेमा छाला एवं घाउखटिरा निको हुने धार्मिक विश्वास छ ।     

पाशुपत क्षेत्रको जयवागेश्वरी पुनर्निर्माणका लागि साँखु र लुभुबाट माटो ल्याइने भएको छ । माटो ल्याइने निश्चित भए पनि मन्दिर पुनर्निर्माणका लागि आवश्यक काठको अभाव छ । मन्दिर तल्लो भागमा नयाँ काठ राख्नुपर्ने भए पनि बजारमा पाउन नसक्दा पुनःनिर्माणमा समस्या आएको हो । साढे पाँच वर्षअघिको गोरखा भूकम्पले देशभरका ९२० सम्पदामा क्षति पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । तीमध्ये हालसम्म ४६५ अर्थात् ५०.५ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ । हाल २७२ सम्पदाका पुनर्निर्माण जारी रहेको जनाइएको छ ।     

प्रकाशित मिति: १५:१६ बजे, मंगलबार, पुस २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्