श्रीमती हत्या अभियोगमा एक जना पक्राउ
आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादको विषयमा खुकुरीले घाँटीमा प्रहार गरी नम्रताको हत्या गरेको अभियोगमा ३३ वर्षीय पति सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको छ ।
इलाम– देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ । आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादको विषयमा खुकुरीले घाँटीमा प्रहार गरी नम्रताको हत्या गरेको अभियोगमा ३३ वर्षीय पति सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको छ ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा लिएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको टोलीले अनुसन्धान गरिरहेको र शव परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १४:१८ बजे, मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











