Kathmandu Press

सुनको मूल्य ११ सय रुपैयाँले बृद्धि

सुनको मूल्य ११ सय रुपैयाँले बृद्धि

काठमाडौं, पुस २१ : सुनको मूल्य आज एक हजार एक सय रुपैयाँले बृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला ९६ हजार चार सयमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला ९५ हजार तीन सयमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार नौ सय पुगेको छ। सोमबार प्रतितोला ९४ हजार आठ सयमा सोमबार कारोवार भएको थियो।

आज चाँदीको मूलय पनि बढेको छ। चाँदी प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँ पुगेको छ। सोमबार एक हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित मिति: १२:३३ बजे, मंगलबार, पुस २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्