Kathmandu Press

ट्रकको ठक्करबाट युवकको मृत्यु

सप्तरी, पुस २१ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।दुर्घटनामा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५...
ट्रकको ठक्करबाट युवकको मृत्यु

सप्तरी, पुस २१ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेको प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए।

ट्रकको ठक्करबाट रामकुमार गम्भीर घाइते भएका थिए। उनको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकको नम्बर खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १०:५७ बजे, मंगलबार, पुस २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्