Kathmandu Press

करेन्ट लागेर मर्‍याे जंगली भालु

करेन्ट लागेर मर्‍याे जंगली भालु

उदयपुर, पुस २१ : उदयपुरको कटारी नगरपालिकास्थित मिर्चैया कटारी चुरेखण्डको जंगलमा हाइटेन्सन भोल्टेज विद्युत् तारको करेन्टका कारण जंगली भालु मरेको छ।

डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा चुरे जंगलमा एक भालु मरेको अवस्थामा भेटिएको छ।

डिभिजन वन त्रिवेणीका सहायक वन अधिकृत हीरालाल शर्माले मिर्चैयाबाट हाइटेन्सनको भोल्टेजबाट कटारी क्षेत्रमा विस्तार गरिएको विद्युत‍्को तार चुरे जंगलका केही भाग र जमिनमा समेत प्रवाह हुने गरेका कारण घुम्दै आएको जंगली भालु मरेको बताए।

नांगो तार र चिसो जमिन तथा हरियो रुखबिरुवा तारमा जोडिने गरेका कारण जंगल क्षेत्रमा विद्युत‍्को उचित व्यवस्थापन नहुँदा यस क्षेत्रमा यस्ता घटना पटक पटक भएको सहायक वन अधिकृत शर्माले बताए।

समयमै सम्बन्धित निकाय र विद्युत् प्राधिकरणले यस्ता समस्याको सामाधान नगरे अन्य घटना पनि हुन सक्ने कटारी त्रिवेणीका स्थानीयवासी घनश्याम कार्कीले बताए। (रासस)

प्रकाशित मिति: १०:४३ बजे, मंगलबार, पुस २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्