Kathmandu Press

योगेश भट्टराई भन्छन्- अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको हो 

चितवन, पुस २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको रहेको बताएका छन्...
योगेश भट्टराई भन्छन्- अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको हो 
फाइल तस्वीर।

चितवन, पुस २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको रहेको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह भरतपुुर महानगर कमिटीले सोमबार गरेको अगुवा पाार्टी काार्यकर्र्ता भेलामा उनले भने, “प्रधानमन्त्रीले चालेको कदमले संविधान निर्माण गर्दाको मिहिनेत र पसिना खेर गएको जस्तो छ।”

भट्टराईले प्रधानमन्त्रीले कम्युनिष्ट आन्दोलनका साथीहरु छाडेर बाटो बिराएको आरोप लगाउँदै पार्टी एकतामा पुनः फर्कन प्रधानमन्त्रीलाई आग्रह गरे।

कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समूहका नेतृ रामकुमारी झाँक्रीले संसद् विघटन कानून विपरीत भएको बताउँदै यसलाई कानूनले नै सच्याउनु पर्नेमा जोड दिएकी थिइन्।
 

प्रकाशित मिति: १९:५३ बजे, सोमबार, पुस २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्