Kathmandu Press

जनताकहाँ जाने काम तानाशाही होइन : शंकर पोखरेल

चितवन– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोकतन्त्रमा जनताको माझमा जाने काम तानाशाही नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले आज यहाँ...
जनताकहाँ जाने काम तानाशाही होइन : शंकर पोखरेल

चितवन– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोकतन्त्रमा जनताको माझमा जाने काम तानाशाही नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले आज यहाँ आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनमत लिने कार्य तानशाही नभएको बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली सुशासनविरोधी नभएको दाबीसमेत गरेका छन् । उनले प्रश्न गरे, ‘जसले देशलाई जातीय रुपमा विभाजन गर्न हुँदैन भन्यो, भारतीय नाकाबन्दीको सामना गर्दै विकास निर्माणका नयाँ योजना लिएर अगाडि बढ्यो, त्यो मानिस कसरी सुशासन विरोधी हुन्छ ?’ 

उनले देशमा दण्डहीनता नियन्त्रण गर्दै सामाजिक विकास र पूर्वाधार निर्माणमा आफूलाई समर्पण गर्ने नेता कहिल्यै सुशासन विरोधी हुन नसक्ने तर्क गरेका छन् । सो अवसरमा नेकपाका केन्द्रीय सदस्य काशीनाथ अधिकारी, आनन्द पोखरेल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार सीता पौडेल, प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेल, नारायण अधिकारीलगायतले प्रधानमन्त्री केपी ओलीको कदमको स्वागत गर्दै निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका थिए ।    

प्रकाशित मिति: १८:१७ बजे, सोमबार, पुस २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्