बजार पुँजीकरण २९ खर्ब, नेपाल पुनर्बिमाको उच्च कारोबार
कारोबारका आधारमा आज नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४६ करोड ८ लाख ६८ हजार ८८६ बराबरको कारोबार भयो ।
कारोबारका आधारमा आज नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४६ करोड ८ लाख ६८ हजार ८८६ बराबरको कारोबार भयो ।
त्यस्तै, नेपाल लाइफ इन्सुरेन्स ४० करोड ७१ लाख २ हजार ५९९, नेपाल दूरसञ्चार कम्पनी ३७ करोड ७८ लाख १५ हजार २१५, शिखर इन्सुरेन्स २५ करोड ३३ लाख ४३ हजार ७३८, एनसिसी बैंक २५ करोड सात लाख ५१ हजार ८४०, हिमालयन डिस्टिलरी २३ करोड पाँच लाख ५१ हजार ८४०, एनआइसी एसिया २१ करोड पाँच लाख ७० हजार २९०, शिवम् सिमेन्ट १९ करोड ५७ लाख ५२ हजार ६५८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।
कारोबार भएका कम्पनीमध्ये ६९ कम्पनीको सेयर उकालो लागेको थियो भने ९१ कम्पनीको सेयर ओरालो लाग्दा १५ कम्पनीको सेयरमा भने कुनै परिवर्तन भएन । कारोबारका आधारमा जानकी फाइनान्स ९.९६, किसान लघुवित्त ९.५०, नारायणी डेभलपमेन्ट बैंक ७.९४, राधी विद्युत् कम्पनी ५.१७ र शिखर इन्सुरेन्सका लगानीकर्ताले ४.९९ प्रतिशतले कमाए । त्यस्तै नेसनल माइक्रोफाइन्स ५.८४, नेपाल फाइनान्स ३.७०, एभरेस्ट बैंक ३.४१, मल्टिपर्पोज फाइनान्स ३.२७ र गुराँस लघुवित्तका लगानीकर्ताले २.९० प्रतिशतले गुमाए ।
बजार पुँजीकरणका आधारमा आज सेयर बजार २९ खर्ब २१ अर्ब ५४ करोड बराबरको भएको छ ।










-1754206481.jpg)
