बजारलाई नयाँ ढंगले व्यवस्थापन नगरी किसानलाई खुसी बनाउन सकिँदैन : मन्त्री अर्याल
काठमाडौं, पुस २० : कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउन बजारलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्ने बताएकी छिन्। सोमबार मन्त्रालय अन्तर्गत...
काठमाडौं, पुस २० : कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउन बजारलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्ने बताएकी छिन्।
सोमबार मन्त्रालय अन्तर्गत रहेका संस्थान, समितिहरुको छलफलका क्रममा आयोजित कार्यक्रममा मन्त्री अर्यालले किसानले बजारमा ल्याएको तरकारीको डोको फर्काएर लैजानुपर्ने अवस्थाको अन्त्य गर्न नयाँ ढंगले बजारको व्यवस्थापन आवश्यक रहेको बताइन्।
‘बजारलाई नयाँ ढंगले व्यवस्थित नगरिकन किसानहरुलाई खुसी बनाउन सकिँदैन। कृषि मन्त्रालयले ‘उत्पादन गर बजारको व्यवस्था हामी गर्छौ’ भन्ने’, मन्त्री अर्यालले भनिन्, ‘तर किसानहरुले बजारमा ल्याएको वस्तु फर्काएर लैजाने स्थिति राम्रो होइन। दूध उत्पादन ग¥यो सडकमा पोख्नुपर्ने यो धेरै गम्भीर कुरा हो। मान्छेलाई निराश बनाउने ऋण थपाउने कुरा राम्रो होइन।’
बजारको ग्यारेन्टी गर्नेगरी नयाँ ढंगले जानुपर्ने भन्दै उनले हिजोको परम्परावादी योजना, सोचले अब अगाडि बढ्न नसकिने बताइन्। उनले भनिन्,्‘आजको आवश्यकता पूर्ति गर्ने गरी जानुप¥यो। आजका समस्या के हुन्? आजका समस्या समाधान गर्न के गर्ने भन्ने हिसाबले गहन अध्ययन गरेर जाऊ।’
कालिमाटी, फलफूल तथा तरकारी बजारका सन्दर्भमा कर्मचारीहरुले नै बजार कब्जा गरेर बसेको भन्ने गुनासो आइरहेको भन्दै मन्त्री अर्यालले त्यसबारेमा रिपोर्ट ल्याउन कर्मचारीलाई निर्देशन दिइन्।










-1791199439.jpg)
