विमानस्थलबाट ५० राउन्ड गोलीसहित एक जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको चेकिङ एरियाबाट LAPUA LUGER 9MM लेखिएको ५० राउन्ड गोलीसहित एक जना पक्राउ गरिएको छ । झापा मेचीनगर नगरपालिका(२ का २० वर्षीय बद्री हाङ राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको चेकिङ एरियाबाट LAPUA LUGER 9MM लेखिएको ५० राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरिएको छ । झापा मेचीनगर नगरपालिका-२ का २० वर्षीय बद्री हाङ राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
श्री एयरलाइन्सको उडानबाट भद्रपुर झापा जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान होल्ड ब्यागेज एक्सरे चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र पत्रिकाले र्यापिङ गरेको अवस्थामा उक्त राउन्ड गोली फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई थप आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले गौचरले जनाएको छ ।
प्रकाशित मिति: १७:२१ बजे, सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











