Kathmandu Press

हिउँ परेपछि रोकिएका तारा एयरलाइन्सका दुई जहाजले भरे उडान

सिमकोट,पुस २० : हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले उडान भरेका छन्।आइतबार बिहान नेपालगञ्जबाट उडान भरेका जहाज मध्यान्हपछि हिमपात...
हिउँ परेपछि रोकिएका तारा एयरलाइन्सका दुई जहाजले भरे उडान

सिमकोट,पुस २० : हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले उडान भरेका छन्।

आइतबार बिहान नेपालगञ्जबाट उडान भरेका जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए। हिमपातले विमानस्थलमा रोकिएका जहाजले आज मात्रै उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ।

जहाजमा रहेको ब्याट्रिमा सामान्य समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली लिएर अर्को जहाज आएको थियो। मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि जहाज रोकिएको सिमकोट विमानस्थका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिए।  

हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्रायः बस्तीमा चार फिट भन्दा बढी हिउँ जमेको छ। अहिले सदरमुकाम सिमकोटमा एक फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८.० डिग्रीमा झरेको छ। आइतबार अपरान्हदेखि परेको हिमपातले हुम्लालगायतका हिमाली जिल्लामा हवाई सेवा बन्द भएको बताइएको छ। 

प्रकाशित मिति: १५:३४ बजे, सोमबार, पुस २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्