१४ जना नक्कली परीक्षार्थी पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं– सशस्त्र प्रहरी जवान पद खुला प्रतियोगिताको लिखित परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ । नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रबाट प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १४:४६ बजे, सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











