आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं, पुस २० : केही दिनदेखि स्थिर रहेको सुनको मूल्य आज भने आठ सय रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल...
काठमाडौं, पुस २० : केही दिनदेखि स्थिर रहेको सुनको मूल्य आज भने आठ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९५ हजार तीन सयमा कारोबार भएको छ। आइतबार ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो
त्यस्तै, तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ९४ हजार आठ सय रुपैयाँ पुगेको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला एक हजार तीन सय २५ रुपैयाँ पुगेको छ। आइतबार प्रतितोला एक हजार तीन सयमा कारोबार भएको थियो।
प्रकाशित मिति: १२:१४ बजे, सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
