Kathmandu Press

‘मौलिक हकमध्ये खाद्य सम्प्रभुता नियमावली बाँकी’

‘मौलिक हकमध्ये खाद्य सम्प्रभुता नियमावली बाँकी’

मोरङ, पुस २० : भूमि  व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले वर्तमान सरकारले जनताको स्वास्थ्य सुरक्षा प्रमुख दायित्वमा राखी आवश्यक बजेट विनियोजन गरेको बताएकी छन्। 

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले  मौलिक हकसम्बन्धी १६ ऐनका नियमावली बनाई कार्यान्वयन गर्न लागिएको र  खाद्य सम्प्रभुता मात्र  बाँकी रहेको जानकारी दिए।

एक प्रश्नका जवाफमा उनले  प्रदेशसभा र सरकारका क्षेत्राधिकार, ऐन र  नियमावली भएको बताउँदै  तर राष्ट्रिय  राजनीतिको प्रभाव भने पर्न सक्ने बताए। नेपाल कम्युनिष्ट (नेकपा)की नेत्री तुम्बाहाङ्फेले अहिले पनि समय रहेकाले पार्टीका दुवै पक्ष मिलेर जान सकिने विचार व्यक्त गरिन्।
 

प्रकाशित मिति: १२:०७ बजे, सोमबार, पुस २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्