नेपालमा निको भए ९७.२ प्रतिशत कोरोना संक्रमित
काठमाडौं– नेपालमा हालसम्म २ लाख ५४ हजार ४९४ जना (९७.२ प्रतिशत) कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै कुल संक्रमितको सङ्ख्या २ लाख ६१...
काठमाडौं– नेपालमा हालसम्म २ लाख ५४ हजार ४९४ जना (९७.२ प्रतिशत) कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै कुल संक्रमितको सङ्ख्या २ लाख ६१ हजार ८५९ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले गत बुधबारदेखि आजसम्म २ हजार ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । सो अवधिमा ३ हजार १८२ जना सङ्क्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: १८:०९ बजे, आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











