Kathmandu Press

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं, पुस १९ : कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर ८...
कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं, पुस १९ : कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो। 

योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १८७८ पुगेको छ।

त्यस्तै देशभर थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार ५ हजार ८०० जनामा गरिएको परीक्षणमा ४२१ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार हाल देशभर १९९ जना कोरोना संक्रमितको आईसीयुमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १७:०३ बजे, आइतबार, पुस १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्