उपत्यकामा थपिए १९७ जना कोरोना संक्रमित

काठमाडौं, पुस १९ : काठमाडौं उपत्यकामा आइतबार थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा १६०, भक्तपुरमा ११ र ललितपुरमा २६ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर १९९ जना कोरोना संक्रमितको आईसीयुमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
त्यस्तै देशभर थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार ५ हजार ८०० जनामा गरिएको परीक्षणमा ४२१ जनामा संक्रमण पुष्टि भएको हो।
प्रकाशित मिति: १७:०० बजे, आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











