Kathmandu Press

'नेकपा फुटाउन ३१५ पटक बैठक बसेको रहेछ’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई कहिल्यै उठ्न नसक्ने गरी थला पार्न पार्टीभित्रकै गुटले विगतमा तीन सय पटकभन्दा बढी गुटगत बैठक गरेको आरोप लगाएका छन् ।
'नेकपा फुटाउन ३१५ पटक बैठक बसेको रहेछ’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई कहिल्यै उठ्न नसक्ने गरी थला पार्न पार्टीभित्रकै गुटले विगतमा तीन सय पटकभन्दा बढी गुटगत बैठक गरेको आरोप लगाएका छन् । उनले खुमलटारमा गत वैशाखदेखि ४ पुससम्म नेकपा फुटाउने बैठक २८० र  खुमलटारबाहिर ३५ गरी ३१५ बैठक गरिएको आरोप लगाएका हुन् ।

नेकपा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले आज आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले नेकपाका पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहलाई व्यंग्य गर्दै सो समयले  नेकपालाई विभाजन गर्न समय खेर फालेको बताएका छन् ।

उनले भने, ‘खुमलटारमा गत वैशाखदेखि ४ पससम्म पार्टी फुटाउने बैठक २८० ओटा बसेको रहेछन् । ३५ वटा बैठक खुमलटारभन्दा बाहिर बसेको रहेछ ।'

पार्टीका केही नेताले सरकारका राम्रा काम ढाकछोप गरेर जनताले बोध गर्न नपाएको प्रधानमन्त्री ओलीको आरोप छ ।  उनले भने, ‘उनीहरू  सरकारको विरोध कसरी गर्ने भनेर दिनरात खटिएका छन् । उनीहरु पार्टी नेतृत्वलाई कसरी खुइल्याउने भनेर सोचिरहन्छन् ।’

प्रकाशित मिति: १६:५८ बजे, आइतबार, पुस १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्