थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, पुस १९ : नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार ५ हजार ८०० जनामा गरिएको...
काठमाडौं, पुस १९ : नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार ५ हजार ८०० जनामा गरिएको परीक्षणमा ४२१ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ।
त्यस्तै आइतबार ६३७ जना संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।
योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ।
हाल देशभर ५ हजार ४८७ जना सक्रिय संक्रमित रहेका छन्।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ७८ पुगेको छ।
प्रकाशित मिति: १६:५६ बजे, आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











