नेप्से परिसूचक ८८ अंकले बढ्यो, आज 'अल टाइ हाइ'को नयाँ रेकर्ड
नेप्सेले आज नयाँ रेकर्ड बनाएको छ । नेप्से परिसूचक ८८.१२ अंकले बढेर २ हजार १७५.३९ अंकमा बन्द हुँदा नेप्सेले 'अल टाइ हाइ'को नयाँ रेकर्ड रेकर्ड बनाएको हो ।
काठमाडौं– नेप्सेले आज नयाँ रेकर्ड बनाएको छ । नेप्से परिसूचक ८८.१२ अंकले बढेर २ हजार १७५.३९ अंकमा बन्द हुँदा नेप्सेले 'अल टाइ हाइ'को नयाँ रेकर्ड रेकर्ड बनाएको हो ।
आज कारोबार रकममा समेत वृद्धि भएको छ । ६ अर्ब ३४ करोड १७ हजार ८८९ रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै सबै सूचकमा हरियालीसमेत छाएको छ ।
हिमालयन डिस्टिलरी र साल्ट ट्रेडिङको १० प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ भने नेपाल पुनर्बिमा, प्राइम कमर्सियल बैँक, कुमारी बैंक, नेसनल माइक्रो फाइनान्सलगायत केही कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दाले बढी वृद्धि भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन भएको घोषणासँगै नेप्से ओरालो लागेको थिए । तर लगानीकर्ताको मनोबल बलियाे हुँदै गएको र बजारमा अधिक तरलता रहेकाले नेप्सेले बुलिस ट्रेन्ड समातेर अगि बढेको बताइएकाे छ ।










-1754206481.jpg)
