‘संघीयताको रक्षा गर्न आन्दोलनमा जानुपर्यो’
नेकपा दाहाल–नेपाल समूहद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित कार्यक्रममा उनले संघीयताको रक्षा गर्न आन्दोलनमा जानुपरेको बताएका हुन् ।
लहान– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले संघीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताएका छन् । नेकपा दाहाल–नेपाल समूहद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित कार्यक्रममा उनले संघीयताको रक्षा गर्न आन्दोलनमा जानुपरेको बताएका हुन् ।
उनले प्रतिनिधिसभा विघटनपछि देशमा अस्थिरता बढेर संघीयता नै धरापमा परेको आरोप लगाएका छन् । उनले भने, ‘संसद् विघटन गर्ने कार्यको विरुद्धमा आफूहरु मन्त्री पदबाट राजीनामा दिई सडकमा आएका छौं ।’
प्रकाशित मिति: १४:०७ बजे, आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











