Kathmandu Press

न्युरोडको संकटा सडकमाथि राखिएको छाता हटाउन सुरु

काठमाडौं, पुस १९ : काठमाडौंको न्युरोडस्थित संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ। अत्यधिक भिडभाड थेग्न गाह्रो भएपछि छाटा हटाउन थालिएको हो। छोटो...
न्युरोडको संकटा सडकमाथि राखिएको छाता हटाउन सुरु

काठमाडौं, पुस १९ : काठमाडौंको न्युरोडस्थित संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ। अत्यधिक भिडभाड थेग्न गाह्रो भएपछि छाटा हटाउन थालिएको हो। 

छोटो समयमा समाजिक संजालमा भाइरल भएको सडकमा दैनिक १५ हजार भन्दा बढी मान्छे घुम्न आउने गरेको संकटा क्लबले जानकारी दिएको छ।

कोरोनाभाइरसको कारण सुस्ताएको बजार चलायमान बनाउन स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि राखेको छाता भीड व्यवस्थापन गर्न नसकेपछि हटाउन थालिएको क्लबले जनाएको छ। 

सडकमा चार सय छाता राखिएको थियो। चाडपर्व वा मेलाजात्रामा फेरि छाता राख्नेबारे योजना बनाउँदै शनिबार बेलुकादेखि छाता हटाउन सुरु गरिएको हाे।

प्रकाशित मिति: १३:१६ बजे, आइतबार, पुस १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्