सुनको मूल्य स्थिर, ९४ हजार पाँच सयमा कारोबार

काठमाडाैं, पुस १९ : साताको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ। आज पनि शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि यहि मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ। शुक्रबार पनि यहि मूल्यमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। चाँदी प्रतितोला एक हजार तीन सयमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १३:११ बजे, आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
