Kathmandu Press

बँदेलको आक्रमणबाट चार जना घाइते

दाङ, पुस १९ : घाँस दाउराका लागि सामुदायिक बनमा गएका दाङको देउखुरीका स्थानीय बासिन्दामाथि बँदेलले आक्रमण गरेको छ। बँदेलको आक्रमणबाट चार जना घाइते...
बँदेलको आक्रमणबाट चार जना घाइते

दाङ, पुस १९ : घाँस दाउराका लागि सामुदायिक बनमा गएका दाङको देउखुरीका स्थानीय बासिन्दामाथि बँदेलले आक्रमण गरेको छ। बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन्।

वडा प्रहरी कार्यालय, लमहीका अनुसार बँदलको आक्रमणबाट लमही नगरपालिका १ बरुवागाउँकी ४० वर्षीया हिरादेवी चौधरी, लमही २ डोडहीका आठ वर्षीय शिरीष गिरी, ५५ वर्षीया धनिया चौधरी घाइते भएका छन्। एक जनाको नाम खुलेको छैन।

उनीहरुमध्ये दुईजनाको लमही अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि बुटवल लगिएको छ।

 

प्रकाशित मिति: ११:५१ बजे, आइतबार, पुस १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्