अख्तियारका पूर्वआयुक्त पाठक विशेष अदालतमा हाजिर
काठमाडौं, जेठ १ : घुस लिएको आरोपमा मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा उपस्थित भएका छन्।
....
काठमाडौं, जेठ १ : घुस लिएको आरोपमा मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा उपस्थित भएका छन्।
पूर्वआयुक्त पाठक आज विशेष अदालतमा उपस्थित भएका हुन्। अख्तियारले छानविन गर्न थालेपछि उनी फरार रहेका थिए।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा उनले बयान दिइरहेका छन्।
अख्तियारको आयुक्त छँदा भ्रष्टाचार मुद्दाको छानविन रोक्न ७८ लाख घुस लिएको उनलाई आरोप लागेको छ। भक्तपुरको इन्जिनियरिङ कलेजको मुद्दामा घुस लिएको आरोपमा उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
गत चैत १२ गते मुद्दा दर्ता भएपनि उनलाई पक्राउ गर्न सकिएको थिएन्। आज आफै विशेष अदालतमा उपस्थित भएका हुन्।






