Kathmandu Press

ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता : परराष्ट्रमन्त्री ज्ञवाली

पाल्पा, पुस १८ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन्।नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार तानसेनमा आयोजना...
ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता : परराष्ट्रमन्त्री ज्ञवाली
फाइल तस्वीर।

पाल्पा, पुस १८ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन्।

नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताएका हुन्। 

मन्त्री ज्ञवालीले वर्तमान सरकारले छिमेकी देशसँग सम्बन्ध सुमधुर राखेको जानकारी दिए। सरकारले नेपाल र नेपालीको शिर उचो राख्नका लागि कालापानी लिम्पियाधुरा नक्सामा समावेश गरिएको उनले बताए।

प्रकाशित मिति: १६:४६ बजे, शनिबार, पुस १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्