Kathmandu Press

पैदलयात्रीलाई ठक्कर दिएर फरार भयो मन्त्री साह सवार गाडी

सर्लाही, पुस १८ : शहरी विकास मन्त्री प्रभु साह सवार गाडीले एक जना पैदलयात्रीलाई ठक्कर दिएको छ। मन्त्री साह सवार ना १ झ ३८४२...
पैदलयात्रीलाई ठक्कर दिएर फरार भयो मन्त्री साह सवार गाडी

सर्लाही, पुस १८ : शहरी विकास मन्त्री प्रभु साह सवार गाडीले एक जना पैदलयात्रीलाई ठक्कर दिएको छ। 

मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले सर्लाहीको  हरिवन नगरपालिका–१० मा ठक्कर दिँदा लालबन्दी नगरपालिका–८ का बच्चु तामाङ घाइते भएका छन्।

घाइते तामाङको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी मदन कुँवरले जानकारी दिए। 

डीएसपी कुँवरका अनुसार बाटो काट्ने क्रममा मन्त्री साह सवार गाडीले तामाङलाई ठक्कर दिएको थियो। मन्त्री साह रौतहटबाट काठमाडौं फर्किने क्रममा घटना भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १५:२० बजे, शनिबार, पुस १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्