Kathmandu Press

६ वर्षीया बालिका बलात्कारको आरोपमा ५९ वर्षीय पुरुष पक्राउ

गाईघाट, पुस १८ : उदयपुरको बेलका नगरपालिका– ३ मा ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।इलाका प्रहरी कार्यलय रामपुर...
६ वर्षीया बालिका बलात्कारको आरोपमा ५९ वर्षीय पुरुष पक्राउ
सांकेतिक तस्वीर।

गाईघाट, पुस १८ : उदयपुरको बेलका नगरपालिका– ३ मा ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बलात्कार अभियोगमा पक्राउ पर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर विक रहेका छन्। बालिका बलात्कार गरेको जाहेरी इप्रका रामपुरमा परेपछि विकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तेजबहादुर दाहालले जानकारी दिए।

पीडित भनिएकी बालिकाको शुक्रबार साँझ नै जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच गराइएको र अहिले स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:३५ बजे, शनिबार, पुस १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्