Kathmandu Press

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १४ खेलाडी 

काठमाडौं, पुस १८ : राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक चरणको बन्द...
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १४ खेलाडी 
फाइल तस्वीर।

काठमाडौं, पुस १८ : राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो। 

राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले एक महिनाको प्रशिक्षणपछि ती खेलाडीको छनोट गरिएको जानकारी दिए। बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विमल घर्ति मगर, राजिव लोप्चन, विमल राना, सुमन अर्याल, अमित तामाङ, देव लिम्बू, रन्दिप पौडेल, दिपेश आले मगर, जय गुरुङ, नितिन थापा, रजत तिवारी, राजेश परियार, प्रिजन तामाङ र रेजिन सुब्बा रहेका छन्। 

लामो समय मैदान बाहिर रहेर टोलीमा स्थान बनाएका घर्ती मगर चोटका कारण बाहिरिएका हुन्। अभ्यासका क्रममा उनलाई गम्भीर चोट लागेको हो। उनको उपचार कतारमा गरिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए। चोटबाट मुक्त भएपछि अर्याल भने टोलीमा फर्कने एन्फाले जनाएको छ। 

विश्वकप छनोट खेलका लागि एन्फाले खेलाडीलाई सातदोबाटोस्थित प्रशिक्षण केन्द्रमा बन्द प्रशिक्षणको व्यवस्था गरेको छ। कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली अभ्यासमा जुटेको हो। नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी छ। 

प्रकाशित मिति: ११:५३ बजे, शनिबार, पुस १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्