Kathmandu Press

गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण 

गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण 

पोखरा, पुस १७ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै  प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ६३१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेमा कास्कीका २७, बाग्लुङका ६, म्याग्दीका पाँच, स्याङ्जाका तीन, पर्वत र तनहुँका एक-एक जना रहेको निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

उनका अनुसार पछिल्लो २४ घण्टामा यो प्रदेशमा १०४ जना उपचारपछि निको भएर घर फर्किएका छन्। योसँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या १३ हजार ४८७ जना रहेका छन्।

कोरोना संक्रमणका कारण हालसम्म यो प्रदेशमा मृत्यु हुनेको संख्या १९२ पुगेको छ। हाल प्रदेशमा सक्रिय संक्रमितको संख्या ९५२ रहेको निर्देशनालयले जनाएको छ। 

प्रकाशित मिति: १९:५३ बजे, शुक्रबार, पुस १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्