राष्ट्रिय सभाको अर्को बैठक २३ पुसमा
आजबाट सुरु भएको राष्ट्रिय सभाको सातौँ अधिवेशनको अर्काे बैठक २३ पुसमा बोलाइएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते दिउँसाे १ बजे बस्ने गरी बोलाएका छन् ।
काठमाडौं– आजबाट सुरु भएको राष्ट्रिय सभाको सातौँ अधिवेशनको अर्काे बैठक २३ पुसमा बोलाइएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते दिउँसाे १ बजे बस्ने गरी बोलाएका छन् ।
आजको बैठकमा नेकपा, कांग्रेस र जसपाका सांसदलाई बोल्न समय दिइएको थियो । सांसदहरुले नेकपाभित्रकाे किचलो समाधान गर्न नसकेर प्रतिनिधिसभा विघटन गरिनु देश र जनताका लागि घात भएको बताएका थिए । उनीहरुले प्रधानमन्त्रीबाट असंवैधानिक कदम चालिएको आरोपसमेत लगाएका छन् ।
प्रकाशित मिति: १७:५६ बजे, शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











