Kathmandu Press

आजबाट नेपाल टेलिकमको  ‘एनटी टिभी’ सेवा सुरु    

नेपाल टेलिकमले आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सेवा सुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टिभी सेवा सुरु गरेको हो ।
आजबाट नेपाल टेलिकमको  ‘एनटी टिभी’ सेवा सुरु    

काठमाडौं– नेपाल टेलिकमले आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सेवा सुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टिभी सेवा सुरु गरेको हो ।     
     
टेलिकमले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको फाइबरमार्फत एनटी टिभी सञ्चालनमा ल्याएको हो । टेलिकमले आजदेखि ‘फाइबर टु दि होम’ एफटीटीएचमार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवाप्रवाह गर्न थालेको हो ।     
     
कम्पनीले दुई प्याकेजमा टिभी सेवा उपलब्ध गराएको छ । जसमा सिंगल टिभी कनेक्सनसहित १५ एमबीपीएस फाइबर इन्टरनेट (बेसिक टिभी प्याकेज) को मूल्य १ हजार २३० देखि  १३ हजार २२० सम्म तोकेको छ । एक महिनाका लागि १ हजार २२०, तीन महिनाको ३ हजार ५३० र १  वर्षको  १३ हजार २२० रहेको छ ।          

प्रकाशित मिति: १७:४१ बजे, शुक्रबार, पुस १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्