Kathmandu Press

कांग्रेस सा‌ंसद अधिकारीलाई कोरोना संक्रमण

काठमाडौं, पुस १७ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।राष्ट्रिय सभाको हिउँदे...
कांग्रेस सा‌ंसद अधिकारीलाई कोरोना संक्रमण

काठमाडौं, पुस १७ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुनुअघि बिहीबार संसद सचिवालयले सबै सदस्यहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो। पीसीआर परीक्षणको शुक्रबार आएको रिपोर्टमा सांसद अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि सांसद अधिकारी होमआइसोलेसनमा बसेका छन्। सांसद अधिकारीको स्वास्थ्य भने सामान्य रहेको छ।
 

प्रकाशित मिति: १७:१३ बजे, शुक्रबार, पुस १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्