Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए १६७ जना कोरोना संक्रमित

काठमाडौं,  पुस १७ : काठमाडौं उपत्यकामा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप १६७ जनामा कोरोना...
काठमाडौं उपत्यकामा थपिए १६७ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं,  पुस १७ : काठमाडौं उपत्यकामा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा १३४, भक्तपुरमा १५ र ललितपुरमा १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यस्तै, शुक्रबार नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९  पुगेको छ भने अहिलेसम्म २ लाख ५३ हजार १०७ जना संक्रमणमुक्त भएका छन्।

यस्तै,  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८६४ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ७४८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: १६:३४ बजे, शुक्रबार, पुस १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्