प्रधानमन्त्री ओली आज साँझ ७ बजे स्वदेश फर्किँदै
काठमाडौं, जेठ १ : प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण सकेर स्वदेश फर्किँदै छन्। दुवै देशको भ्रमण सकेर प्रधानमन्त्री ओल....

काठमाडौं, जेठ १ : प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण सकेर स्वदेश फर्किँदै छन्। दुवै देशको भ्रमण सकेर प्रधानमन्त्री ओली आज साँझ ७ बजे कम्बोडियाबाट बैंकक हुँदै नेपाल एयरलाइन्सकाे विमानबाट काठमाडाैँ आइपुग्ने प्रधानमन्त्रीकाे स्वकीयसचिवालयले जनाएकाे छ ।
प्रधानमन्त्री ओली सात दिन अघि भियतनाम र कम्बोडियाको भ्रमणमा गएका थिए। उनले चार दिन भियतनाम र दुई दिन कम्बोडियामा बिताएका थिए। उनी वैशाख २६ गते भियतनाम प्रस्थान गरेका थिए। चार दिन भियतनाममा बिताएपछि उनी वैशाख ३० गते कम्बोडियातर्फ लागेका थिए।
दुवै देशको औपचारिक भ्रमणका क्रममा भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग भेटवार्ता गरेका थिए। भ्रमणका क्रममा दुवै देशसँग व्यापार विस्तार र पर्यटन प्रवर्द्धनसम्बन्धी सम्झौता पनि भएका छन्।











