Kathmandu Press

किसानको सम्मानले उत्पादन बढ्छ : कृषिमन्त्री अर्याल

काठमाडौं, पुस १७ : कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकासका लागि  किसान वर्ग उत्पादनमा जोडिनुपर्ने बताएकी छन्। थनेट प्लानेट कृषि फर्म, थापागाउँ...
किसानको सम्मानले उत्पादन बढ्छ : कृषिमन्त्री अर्याल

काठमाडौं, पुस १७ : कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकासका लागि  किसान वर्ग उत्पादनमा जोडिनुपर्ने बताएकी छन्। 

थनेट प्लानेट कृषि फर्म, थापागाउँ काठमाडौँको आज उद्घाटन गर्दै मन्त्री अर्यालले कृषि क्षेत्रमा देखिएको परनिर्भरता हटाउन उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताइन्। उनले श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्दै जानुपर्ने बताउँदै  किसानलाई सम्मान नगर्दासम्म उत्पादन नबढ्ने उल्लेख गरिन्।

मन्त्री अर्यालले विदेशबाट फर्किएका  युवालाई व्यावसायिक कृषि कर्ममा आकर्षण गर्नुपर्ने बताउँदै कृषकले उत्पादन गरेका वस्तु सहकारीमार्फत बिक्री वितरणमा ल्याउनुपर्ने जानकारी दिइन्।

प्रकाशित मिति: १५:१९ बजे, शुक्रबार, पुस १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्