प्रभु इन्स्योरेन्सको २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत, आइतबारबाट कारोबार
आगामी आइतबारबाट प्रभु लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा कारोबार हुनेछ । पहिलो कारोबारका लागि १०९ रुपैयाँ ५६ पैसादेखि ३२८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेन्ज प्रदान गरिएको छ ।
काठमाडौं– प्रभु लाइफ इन्स्योरेन्सका २ करोड कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। १७ पुसमा प्रभु लाइफ इन्स्योरेन्स र स्टक एक्सचेन्ज (नेप्से) बीच सेयर सूचीकरण सम्झौता भएको हो ।
आगामी आइतबारबाट प्रभु लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा कारोबार हुनेछ । पहिलो कारोबारका लागि १०९ रुपैयाँ ५६ पैसादेखि ३२८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेन्ज प्रदान गरिएको छ ।
यसअघि प्रभु लाइफ इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन गरेर बाँटफाँट गरिसकेको छ ।
प्रकाशित मिति: १५:०८ बजे, शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1754206481.jpg)