Kathmandu Press

मेयरको गाडीमा आगजनी, विप्लवका कार्यकर्तामाथि आशंका

अछाम, जेठ १ : मंगलसैन नगरपालिका मेयरको गाडीमा आगजनी गरिएको छ। प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले आगजनी गरेक....

 मेयरको गाडीमा आगजनी, विप्लवका कार्यकर्तामाथि आशंका
काठमाडौं प्रेस

अछाम, जेठ १ : मंगलसैन नगरपालिका मेयरको गाडीमा आगजनी गरिएको छ। प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले आगजनी गरेको आशंका गरेको छ।

मंगलसैनका मेयर पदमबहादुर बोहराले चढ्ने बा२ झ ३६९४ नं.को गाडीमा गए राति २ ः १५ बजे आगजनी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आगजनीबाट गाडी पूर्णरुपमा क्षति भएको छ। यो गाडी गत वर्ष एक करोण् २० लाखमा खगरिद गरिएको थियो।

नगरपालिकाले गाडीलाई पार्किङमा राखेको थियो। त्यही नजिकै रहेको टिप्परमा भने केही गरिएको छैन्।

गाडीमा आगजनी गरिएको स्थानीय बासिन्दाले प्रहरीले जानकारी दिएका थिए। तत्कालै प्रहरी टोली घटनास्थल पुगेपनि आगजनी गर्ने व्यक्तिहरूलाई फेला पार्न सकेन्।

प्रहरीले विप्लवका कार्यकर्ताले आगजनी गरेको आशंकामा खोजी सुरु गरेको छ। अहिलेसम्म कोही फेला नपरेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए।

प्रकाशित मिति: १०:५६ बजे, बुधबार, जेठ १, २०७६