Kathmandu Press

हत्या गरी गाडिएको अवस्थामा बालकको शव फेला

धनुषा, पुस १७ : धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार...
हत्या गरी गाडिएको अवस्थामा बालकको शव फेला

धनुषा, पुस १७ : धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेको छ। 

प्रहरी प्रवक्ता मिश्रले बालक दुई दिनदेखि बेपत्ता थिए। खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको बताए। मिश्रले भने, ‘शुरुआती क्रममा उनको घाँटी थिचेर हत्या गरेको देखिन्छ, शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका छौँ। रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढ्छ।’ बालकको शव फेला परेपछि तत्काल अनुसन्धानका लागि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुसँग सोधपुछ भइरहेको मिश्रले बताए।

प्रकाशित मिति: १४:२५ बजे, शुक्रबार, पुस १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्