Kathmandu Press

भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड दुई लाख ८६ हजारभन्दा बढी

नयाँ दिल्ली, पुस १७ : भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड दुई लाख ८६ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको...
भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड दुई लाख ८६ हजारभन्दा बढी

नयाँ दिल्ली, पुस १७ : भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या शुक्रबारसम्म एक करोड दुई लाख ८६ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार ३५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ८६ हजार ७०९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २५६ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४८ हजार ९९४ जना पुगेको छ।

मन्त्रालयको पछिल्लो विवरणमा ९८ लाख ८३ हजार ४६१ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा दुई लाख ५४ हजार २५४ सक्रिय सङ्क्रमित रहेका छन्। भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार ५७४ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १३ जनाको मृत्यु भएको छ। भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ५३६ जनाको मृत्यु भइसकेको छ। 

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ३१ लाख ११ हजार ६९४  को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ। भारतमा बिहीबार एक दिनमा  १० लाख ६२ हजार ४२० जनाको कोरोना भाइरस नमूना परीक्षण भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप तयारको कार्य भइरहेको बताएका थिए।

प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, पुस १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्