२३ औं पटक सगरमाथाको चुचुरोमा पुगे कामीरिता शेर्पा
काठमाडौं, जेठ १ : कीर्तिमानी आरोही कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
उनले बुधबार बिहान ७ बजेर ५० मिनेटमा&n....
काठमाडौं, जेठ १ : कीर्तिमानी आरोही कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
उनले बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्। सगरमाथा आरोहण यो उनको २३ औं पटक हो। आफ्नै नाममा रहेको सबैभन्दा बढी पटक सगरमाथा आरोण गर्ने कीर्तिमान उनलै तोडेका छन्।
सोलुखुम्बुको थामेका कामीरता २३औं पटक सफल आरोहण गरेको आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क व्यक्ति रामेश्वर निरौलाले बताए। उनी केही समयदेखि आरोहण क्षेत्रमै थिए। उनी सेभन समिट्स टे«क्समार्फत आरोहणमा गएका थिए।
आज उनीसँगै ओङ्दी शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन्। उनले सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए। ४९ वर्षीय कामीरिताले यस वर्ष २३औं पटक आरहोण गरेर नयाँ कीर्तिमान कायम गरेका हुन्।
उनी २५ पटक सगरमाथा चढ्ने लक्ष्यमा छन्। अघिल्लो पटक सगरमाथाको सफल आरोहण गरेर फर्केपछि २५ पटकसम्म चढ्ने लक्ष्य लिएको बताएका थिए। उनले भनेका थिए, ‘२५ पटक चढेपछि आराम गर्छु।’
उनीभन्दा अघि आप्पा शेर्पा र फुर्वातासी शेर्पाको नाममा सगरमाथाको धेरै पटक आरोहण गर्ने कीर्तिमान थियो। दुवै जनाले २१ पटक सगरमाथाको सफल आरोहण गरेका थिए। उनीहरूको कीर्तिमान गत वर्ष कामीरिताले नै तोडेका थिए।






