२४ पुसदेखि खुल्दै चन्द्रागिरी हिल्सको आइपिओ
चन्द्रागिरीको निष्कासन गरिने कुल सेयरमध्ये ४ प्रतिशत (६१ हजार ३६४ कित्ता) कर्मचारीहरुका लागि र ५ प्रतिशत (७६ हजार ७०५ कित्ता) सामूहिक लगानीकोषका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले १३ लाख ९६ हजार २२ कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् ।
काठमाडौं– चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ । चन्द्रागिरीले २४ पुसदेखि १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँबराबरका १५ लाख ३४ हजार ९१ कित्ता आइपिओ निष्कासन गर्ने भएको हो ।
चन्द्रागिरीको निष्कासन गरिने कुल सेयरमध्ये ४ प्रतिशत (६१ हजार ३६४ कित्ता) कर्मचारीहरुका लागि र ५ प्रतिशत (७६ हजार ७०५ कित्ता) सामूहिक लगानीकोषका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले १३ लाख ९६ हजार २२ कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले छिटोमा २८ पुस र ढिलोमा ९ माघसम्म न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि सि–आबा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन पाउनेछन् । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
इक्रा नेपालले चन्द्रागिरीलाई इक्रा एनपी आइआर बीबी रेटिङ प्रदान गरेको छ।

-1754206481.jpg)