चार सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं, पुस १७ : केही दिनदेखि घटबढ भइरहेको सुनको मूल्य आज भने चार सय रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको...
काठमाडौं, पुस १७ : केही दिनदेखि घटबढ भइरहेको सुनको मूल्य आज भने चार सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय पुगेको छ। बिहीबार ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
यो साताभरि नै सुनको मूल्यमा खासै उतारचढाव आएन। बुधबार ९४ हजार दुई सयमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार ९४ हजार एक सय पुगेको थियो भने सोमबार ९४ हजार नौ सयमा कारोबार भएको थियो। आइतबार भने ९४ हजार दुई सयमा कारोबार भएको थियो।
आइतबारको तुलनामा शुक्रबार दुई सय रुपैयाँ मात्रै बढेको छ।
यस्तै तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला ९३ हजार ६ सयमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने आज पनि स्थिर छ। चाँदी प्रतितोला एक हजार तीन सयमा कारोबार भएको छ।
प्रकाशित मिति: १२:०३ बजे, शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
